एम. बि. बमजन मेमोरियल गोल्ड कप सम्बन्धी जानाकारी


Posted on 04/02/2009 by Jay Ale

M. B. Bomjan Memorial Gold Cup – Inter Nepalese Football Tournament, February 2009, Kathmandu, Kuwait

Marafi Kuwait Commercial Company को Operation Manager को  पोष्ट मा कार्यरत श्री राजेन्द्र तामाङ् एवं श्रीमती फुलमाया तामाङ् ज्युले आफ्नो स्वर्गिय पिता श्री मान बहादुर बमजन को सम्झना एवं स्‍मृति स्वरुप वर्ष २००० अक्टोबर देखी के. डि. (कुवेती डिनार) २५०.००० = नेपाली ६०,००० (साठी हजार) बराबरको लागतमा स्थापना गर्नु भएको एम. बि. बमजन मेमोरियल गोल्ड कप संचालन एवं सुरक्षा समन्वय सम्बन्धमा प्रत्येक वर्ष बिजयी समुहको लागि संचालक माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब बाट लागु हुने शर्तनामा एवं निर्णायक करारका सम्झौताहरु तपशिल बमोजिम अमन चयन गरिएको छ ।

एम. बि. बमजन मेमोरियल गोल्ड कप को आकृति

स्ट्याण्ड साधारण काठबाट अनी पिंधको भागमा सुनाबि रङ्ले साधारण बुट्टे डिजाइनमा निर्मित, कम्मरको सतह भाग सम्म (चाँदी) सिल्भर रङ् रहेको र कम्मरको शिरमा ५ (पाँच) तोला बराबरको काँचो सुनले कुँदिएर बनेको यस कपको दायाँ र बायाँ पट्टिको भाग सिल्भर रङ् को समात्ने हेण्डलले सजिएर बनेको छ ।

mb-gold-cup-jay

mb-runner-jay

संचालक समिति र स्थापकको तर्फबाट

१.  एम. बि. बमजन मेमोरियल गोल्ड कप कुनै पनि समुहले लगातार ३ पटक सम्म बिजय गरे वापत उक्त कप स्वरुप कुवेती डिनार २०२.००० (दुई सय दुई) दिई पुरस्कृत गरिने छ अर्थात पाउने छ । तर बिजयी समुहले कप बिजय गरी बुझिलिएको मितिले १५औँ दिन भित्र संचालक समितिलाई कप फिर्ता बुझाई सक्नु पर्नेछ ।

२.  प्रत्येक बर्ष एम. बि. बमजन मेमोरियल गोल्ड कप बिजयी समुहलाई बिजय गरे वापत नगद पुरस्कार कम्तिमा कुवेती डिनार १०१.००० (एक सय एक) दिई पुरस्कृत गरिने छ अर्थात पाउने छ ।

संचालक :   माउण्ट एभरेष्ट स्पोर्टिङ्  क्लब काठमांडौ,  कुवेत 

स्थापक :   श्री राजेन्द्र तामाङ् ,    श्रीमती फुलमाया तामाङ्

By क्षितिजपारि एडमिन Posted in सूचना

Leave a comment