एम. बि. बमजन मेमोरियल गोल्ड कप अन्तर नेपाली फुटबल टुर्नामेन्टको तेस्रो चरणको अर्थात सेमीफाइनल खेल समापन


Posted on 21/02/2009 by Jay Ale

२१ फेब्रुवरी २००९,  कुवेत,

एम. बि. बमजन मेमोरियल गोल्ड कप अन्तर नेपाली फुटबल टुर्नामेन्टको तेस्रो चरणको अर्थात सेमीफाइनल खेल २० फेब्रुवरी २००९ शुक्रबारको दिन कुवेत सिटीको सार्क फुटबल मैदानमा समापन भएको छ ।

एम. बि. बमजन टुर्नामेन्टको दोस्रो चरणको खेलमा स्विडिश र माउन्ट एभरेष्ट (आयोजक टिम) को बिचमा हुन आएको खेलको नतिजाको बिषयलाई लिएर एउटा असहजको बातावरण सिर्जना हुन गएकोले आयोजक कमिटी,  टुर्नामेन्टमा उपस्थित सम्पूर्ण बुद्दिजिवी वर्गका श्रेय महानुभावहरु र दुवै टिमका खेलाडी हरुको मन्जुरी र सर-सल्लाह बमोजिम माउन्ट एभरेष्टले गरेको २ गोललाई मान्यता दिंदै थप ३० मिनट (आधा घण्टा) को समय दिई पुन गेम खेलाइएको थियो । जसमा स्विडिश टिमको कडा, रोचक र प्रतिस्प्रधात्मक खेल प्रदर्शनले माउन्ट एभरेष्ट (आयोजक टिम) लाई २ को बिरुद्द ३ गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश हुन बाटै नक-आउट गराइ स्विडिश टिम टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो । Continue reading

By क्षितिजपारि एडमिन Posted in Uncategorized

कुवेतमा नेपाली युवती ड्रग स्मग्लिंग् गर्दा गर्दै रंगे हात पक्राउ


Posted on 19/02/2009 by Jay Ale

कुवेत टाईम्स, १९ फेब्रुवरी २००९ कुवेत,

नाम र स्रोत नखुलाइएकी एक नेपाली युवती ड्रग स्मग्लिंग् गर्दा गर्दै १८ फेब्रुवरी २००९ को दिन कुवेतको हवालिमा आफ्नो बंगलादेशी ब्वाय फ्रेन्ड सँग कुवेत ड्रग कन्ट्रोल अफिसरहरु द्वारा पक्राउ परेकी छिन् । कुवेत सेक्युरिटी सोर्सको अनुसार, ड्रग कन्ट्रोल डिपार्टमेन्ट् स्थित ब्रिगेडियर एस. ए. अल-खालिफा लाई खबर मिलेको थियो कि नेपाली युवती द्वारा हवालीमा ड्रग स्मग्लिंग् हुँदै आएको छ भनेर, त्यसैले एक अन्डर कभर युनिट (गुप्तचर युनिट) ले २५ ग्राम हेरोईन (ड्रग) ५०० कुवैती डिनारमा खरिद् गर्नको लागि कन्भिन्स गराइ उनलाई बंगलादेशि ब्वाय फ्रेन्डको साथमा गिरफ्तार गरेको थियो । पुलिस ले बंगलादेशिबाट पनि ५०० ग्राम हेरोईन बरामत गरेको छ । फोटो तल हेर्नुहोस् । Continue reading

एम. बि. बमजन मेमोरियल गोल्ड कप अन्तर नेपाली फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल समापन


Posted on 18/02/2009 by Jay Ale

१८ फेब्रुवरी २००९ –  कुवेत सिटी,
 
एम. बि. बमजन मेमोरियल गोल्ड कप अन्तर नेपाली फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल १३ फेब्रुवरी २००९ शुक्रबारको दिन कुवेत सिटीको सार्क फुटबल मैदानमा समापन भएको छ । दोस्रो चरणको खेलमा बिग थ्री सँग अल अमाना र स्विडिश सँग माउन्ट एभरेष्ट (आयोजक टिम) ले खेलेका थिए । जसमा अल अमाना ले बिग थ्री लाई ० को बिरुद्द २ गोल र माउन्ट एभरेष्ट ले स्विडिश लाई ० को बिरुद्ध २ गोल गरी बिजयी हासिल गरेका छन । Continue reading

By क्षितिजपारि एडमिन Posted in Uncategorized

कुबेतमा दूतावास खोल्ने तयारी


Posted on 13/02/2009 by Jay Ale

१३ डिसेम्बर २००९  काठमाडौं, परराष्ट्रमन्त्री उपेन्द्र यादवले खाडीमुलुक कुबेतमा राजदूतावास स्थापना गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभएको छ। राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा मन्त्री यादवले सो जानकारी दिनुभएको हो। यस्तै उहाँले विभिन्न खाडी मुलुकमा अवैतनिक महावाणिज्य दूतावास स्थापना गर्नका लागि मन्त्रालयले तयारी गरिरहेको समेत उल्लेख गर्नुभयो।

मन्त्रालय आर्थिक कूटनीतिका माध्यमबाट कसरी महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ भन्नेतर्फगम्भीर रूपले केन्द्रित रहेको मन्त्री यादवको धारणा थियो।

न्युज अफ नेपाल

एम. बि. बमजन मेमोरियल गोल्ड कप – अन्तर नेपाली फुटबल टुर्नामेन्टको पहिलो चरणको खेल समापन


Posted on 08/02/2009 by Jay Ale

०७ फेब्रुवरी २००९ – कुवेत सिटी,  एम. बि. बमजन मेमोरियल गोल्ड कप अन्तर नेपाली फुटबल टुर्नामेन्टको पहिलो चरणको खेल ०६ फेब्रुवरी २००९ शुक्रबारको दिन कुवेत सिटीको सार्क फुटबल मैदानमा समापन भएको छ । यो टुर्नामेन्ट को संचालन माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लब काठमान्डौ, कुवेतले गर्दै आएको छ ।  Continue reading

By क्षितिजपारि एडमिन Posted in Uncategorized

एम. बि. बमजन मेमोरियल गोल्ड कप सम्बन्धी जानाकारी


Posted on 04/02/2009 by Jay Ale

M. B. Bomjan Memorial Gold Cup – Inter Nepalese Football Tournament, February 2009, Kathmandu, Kuwait

Marafi Kuwait Commercial Company को Operation Manager को  पोष्ट मा कार्यरत श्री राजेन्द्र तामाङ् एवं श्रीमती फुलमाया तामाङ् ज्युले आफ्नो स्वर्गिय पिता श्री मान बहादुर बमजन को सम्झना एवं स्‍मृति स्वरुप वर्ष २००० अक्टोबर देखी के. डि. (कुवेती डिनार) २५०.००० = नेपाली ६०,००० (साठी हजार) बराबरको लागतमा स्थापना गर्नु भएको एम. बि. बमजन मेमोरियल गोल्ड कप संचालन एवं सुरक्षा समन्वय सम्बन्धमा प्रत्येक वर्ष बिजयी समुहको लागि संचालक माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब बाट लागु हुने शर्तनामा एवं निर्णायक करारका सम्झौताहरु तपशिल बमोजिम अमन चयन गरिएको छ । Continue reading

By क्षितिजपारि एडमिन Posted in सूचना

यूएई ले ४५ प्रतिशत कामदार कटौती गर्ने


Posted on 02/02/2009 by Jay Ale

ई-कान्तिपुर/काठमाडौं, माघ २० – संयुक्त अरब इमिरेट्स (यूएई) ले ४५ प्रतिशत विदेशी कामदार कटौती गर्ने भएको छ । मलेसियाले विदेशी कामदार नलिने निर्णय हालै गरेको थियो । आर्थिक मन्दीले अर्थतन्त्र प्रभावित भएकाले यस्तो निर्णय गरिएको यूएईको विदेश मन्त्रालयलाई उद्धृत गर्दै राससले जनाएको छ । Continue reading

By क्षितिजपारि एडमिन Posted in Uncategorized

सुनको भाउ अहिलेसम्मकै महँगो


Posted on 02/02/2009 by Jay Ale

कान्तिपुर दैनिक/काठमाडौ, माघ १९ – सिक्री किन्न आइतबार न्युरोड पुगेकी मैतीदेवीकी कमला अधिकारी रित्तै फर्किइन् । तोलाको २७ हजार नाघेछ, न्युरोडस्थित तेजमिन ज्वेलरीबाट निस्कँदै गर्दा उनले भनिन्, भोलिपर्सि घट्छ कि आज किन्दिनँ । विवाहको मौसम नजिकिँदै गर्दा मूल्य अकासिएपछि उनीजस्ता थुप्रै उपभोक्ता मूल्य सोध्दै फर्किने गरेका छन् । Continue reading

कुवेतमा खोले नेपालीले रेस्टुरेन्ट


Posted on 28/01/2009 by sujan kc

जनवरी  २८ कुवेत, शुक्रबारको दिन कुवेतको माहाबुल्ला स्थित नेपाली  रेस्टुरेन्टको उदघाटन भएको छ । फलावर नाम राखियको यो रेस्टुरेन्टमा बिभिन्न परीकारका नेपाली ब्यन्जन राखियको छ । मो मो सुकुटी चिउरा  सेकुवा,भुटुवा,छोइला,आलु तामा,सेल रोटी,र नेपाली दाल भात् मासु  चट्टनिको साथ बेलुकीको र दिउसोको खाना राखियको यो रेस्टुरेन्टको सर्भिस गर्ने तरिका पनि नेपाली नै छ । Continue reading

By क्षितिजपारि एडमिन Posted in Uncategorized

थर्ड अफ्रिकन एसियन इन्टेरन्याशनल टुर्नामेन्टमा कोङगोले २ को बिरुद ३ गोल ले ईन्डियालाई पराजितगरी टुर्नामेन्टको चेम्पेन्, नेपाललाई बेस्ट टिमको उपाधी


Posted on 24/01/2009 by sujan kc

कुवेत सिटी डिसेम्बर २३, कुवेत सिटीको सर्क मैन्दानमा खेलियको  थर्ड अफ्रिकन एसियन फूटबल टुर्नामेन्ट को फाईनलमा ईन्डिया र कोङ्गो को बिच भयको प्रतिश प्रधामा कोङ्गोले २ को बिरुद ३ गोल ले पराजितगरी टुर्नामेन्टको चेम्पेन बंन्यो । फाईनल गेम सुरु हुनुभन्दा पहिला  यो टुर्नामेनटमा भागलिएका ८ टिमले आ आफ्नो देश को झन्डा फहराउदै राष्ट्रिय गितगाएर  सुरु गरियको थियो । Continue reading

By क्षितिजपारि एडमिन Posted in Uncategorized

चोरी डकैतिको आरोपमा बोका हिरासतमा


Posted on 24/01/2009 by Jay Ale

जय आले (कुवैत)

शायद बचपनमा तपाईं हामीले बोक्सी ले जादु टुना गरेर मान्छेलाई भ्यागुतो अथवा सुगा बनाइदिन्छ या त बोक्सी खुद कुनै पनि रुप धारण गर्न सक्छ  भन्ने सुनियो होला तर यसको ज्वलन्त उदाहरण कहिले कही देखियो होला त ? आउनुहोस् यो बारेमा केही ताजा खबर पढौं ।   Continue reading

By क्षितिजपारि एडमिन Posted in Uncategorized

सयोगको लागि अनुरोध साथै सयोग गर्नुहुनिलाई धन्यवाद


Posted on 17/01/2009 by sujan kc

२००८ डिसेम्बर २४ को दिन कुवैत् स्थित के डि डि कम्पनीमा कार्यरत श्री गौतम लावतिको असामाहिक निधन पछी कुवेतमै बिचल्लित भयका श्रीमती र २ मैनाकी छोरीको स्थिती निकै दयानिय भयकोले वहाँहरुको उध्धारकोलागी निजको शुभचिन्तक साथीभाई तथा माउन्ट एभरेष्ट क्लब ले सम्पुण प्रबासी दाजुभाईलाई आर्थिक सायोग को आपिल गर्नुभयको थियो । Continue reading

By क्षितिजपारि एडमिन Posted in Uncategorized

“आफ्नो लागि आँफै गरौ सकिन्छ भने अरुका लागि पनि गरौ”


Posted on 17/01/2009 by rimalrajan 

ग्रुप थ्रटि नेपाल
१५–०१-२००९ कुवेत बिदेशी भूमिमा आपसमा सद्भभाव कायम गर्दै आफ्नो परम्पराको जगेर्ना गर्दै समस्थ नेपालीहरुको पर्ब, सम्बत र सस्किर्ती अनुसार २०६५ सालको पर्ब माघे सक्रान्ती कुवेत स्थित अल अमना सिक्युरिटी फिन्टास ग्रुपले बडो धुम धामका साथ मनाए । यसैलाई शुभ साइत मानि बैठक बस्दै बिशुद्ध सामाजिक उदेस्यका लागि कुवेतमा ग्रुप   थ्रटि नेपाल को बिधिवतरुपमा स्थापना भएको घोषणा गर्दै तदर्श समिती गठन गरिएको छ । समिती मा निम्न व्याक्तित्वहरु रहनुभएको छ । Continue reading

By क्षितिजपारि एडमिन Posted in Uncategorized

अनुरोध – अनुरोध- अनुरोध


Posted on 14/01/2009 by sujan kc

आदरणिय  कुवेत बासी दाजु-भाइ तथा दिदी -बहिनिहरु बिगत ३ बर्ष देखी कुवेतमा घरमा काम गर्नको लागि आउनुभएकी मदनपुर-७ साखुँ नुवाकोटकी सिता तमाङ बर्ष ३० कि ले हाल सम्म पनि घर अनी आफन्त सँगं संपर्क नगरेको र उहाँको छोरा निकेश र छोरी निशा अनी सबै परिवारले उहाँलाई जहाँ र जस्तो अबस्थामा भएपनी सम्पर्क गर्न गराउन अनुरोध गरेकाले यो सुचना पढ्नु हुनेकोही कसैलेउहालाई चिन्नु हुन्छ र उहा कहा र कस्तो अवस्थामा हुनुहुन्छ भन्ने जानकारी छ भने उहासम्म यो जानकारी पठाइदिनु हुन र हरी न्यौपाने कुवेत ६६३३१७३० वा प्रतिक तमाङ(उहाँको भाई) कतार +९७४५९४८२८६ मा खबर गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ।

हरी कृष्ण न्यौपाने कुवेत harineupane_3@yahoo.com

By क्षितिजपारि एडमिन Posted in Uncategorized