सयोगको लागि अनुरोध साथै सयोग गर्नुहुनिलाई धन्यवाद


Posted on 17/01/2009 by sujan kc

२००८ डिसेम्बर २४ को दिन कुवैत् स्थित के डि डि कम्पनीमा कार्यरत श्री गौतम लावतिको असामाहिक निधन पछी कुवेतमै बिचल्लित भयका श्रीमती र २ मैनाकी छोरीको स्थिती निकै दयानिय भयकोले वहाँहरुको उध्धारकोलागी निजको शुभचिन्तक साथीभाई तथा माउन्ट एभरेष्ट क्लब ले सम्पुण प्रबासी दाजुभाईलाई आर्थिक सायोग को आपिल गर्नुभयको थियो ।एक नेपाली चेली पराइ मुलुकमा बिपत्तिमा परेकोले उनको र नाबालक बच्चाको उद्दारको लागि कुवैतबासी सम्पूर्ण आदर्णीय दाजुभाइ तथा दिदिबहिनीहरु को बिच सक्दो आर्थिक सहयोग गरिदिनुहुन  यो अपिल गरिएको हो यि चेलीहरुलाई नेपालमा आफन्त जन समक्क्ष पुराउनको लागि इभानजलिकल नेपाली चर्चबाट श्री तुल बहादुर गुरुङको सकृयतामा जम्मा भयको ५८।७५० कुवेती डिनर नेपाली रु कारीब १५,६०० आर्थिक सयोग सरुप म्रितक  गौतमको स-कुशल श्रीमती लाई हस्तानतण गरियको छ । यस्तै ईस्लामिक पिरजेनटेसन कमिटी मा कार्यरत केदार नाथ खरेल, सुन्दर शाही सुलेबियाखात ,बिष्णु लिम्बु हावाली सुपर मार्केट र् रिना शाही को सकृयतामा सँङ्कलन गरियको ५६ कुवेती डिनर नेपाली रु कारीब १५,१०० गौतम लावतिको श्री मती लाई हस्तानतण गरियको छ । सयोग गरिदिनु भयकोमा धेरै धेरै धन्यबाद

यदी तपाईंहरु पनि आपत्ति र बिपत्तीमा परेकी एक नेपाली चेली र उनको २ महिनाको नाबालक बच्चालाई केही मात्रामा भएपनी आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने निम्नलिखित ब्यक्तित्वहरु र उहाहरुको मोबाइल नम्बरमा संपर्क गर्नसक्नु हुनेछ एस्. के. सि. ९९१८१३७६, पुर्ण लिम्बु ९५६-६६५७८८९४    

sujan k c (kuwait city )

By क्षितिजपारि एडमिन Posted in Uncategorized

Leave a comment