कुवेतमा निशा सुनारको साथमा “युएई एक्सचेंज” लाइभ कन्सर्ट भब्यताका साथ सम्पन्न


डम्बर रिमाल, कुवेत

२५ मार्च २०११, शुक्रवारको दिन अपरान्ह ३ बजेदेखी कुवेतको मालियास्थित एसीया-एसीया होटलमा नेपाल पर्यटन वर्ष २०११ लाई विश्वव्यापी रुपमा प्रचार प्रसार गराउने सन्दर्भमा प्रस्तुत गरिएको युएई एक्सचेंज लाईभ कन्सर्ट भब्य रूपमा सफल   भएको छ । यो कार्यक्रम आयोजक सौगात सुबेदी एवं कृष्ण मल्लको रातदिनको मेहनतको प्रतिफल स्वरूप सो कार्यक्रम सम्पन्न भएको हो । नेपालदेखी ख्यातीप्राप्त गायिका तथा मोडल निशा सुनारलाई कुवेतमा ल्याई कुवेतका स्थानिय नेपाली कलाकारहरूको साथमा उक्त सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको बिच बिचमा बिभिन्न दर्शकहरुलाई टिकटको अर्धकट्टिबाट भाग्यशाली उपहारहरु गोलाप्रथाको आधारमा दिईएको थियो भनें दर्शकहरुले उपहार हात पारेर रमाएका थिए ।

उता कार्यक्रमलाई सम्पन्न पार्न प्रतक्ष्य अप्रतक्ष्य रूपमा सहयोग पुर्‍याउने ब्यक्तित्वहरुलाई आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । भनें कार्यक्रमको प्रमुख पात्र निशा सुनारले आयोजक सौगात सुबेदी तथा कृष्ण मल्ललाई नेपालबाट ल्याएको ढाका टोपी पहिर्‍याउँदै कुवेतमा नेपालीहरुको असिम माया पाउँदा आफु अत्यन्तै हर्षित भएको र फर्केर जाँदा शायद रुने भावना ब्यक्त गरिन ।

कार्यक्रमलाई नेपाली दूतावासका महामहिम राजदूत श्री मधुबन पौडेल, दित्तिय सचिव श्री पुष्पराज भट्टराई, NRNA कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ तथा युएई एक्सेचेन्जका कुवेत प्रमुख श्री पिन्सिली भार्केज्यूले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी मुर्तरुप दिईएको थियो ।

कार्यक्रममा कुवेतमा कृयाशिल विभीन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरुर, विशिष्ट व्यक्तित्वहरु र पत्रकारहरुको आतिथ्यता रहेको थियो भनें कुवेतबासी नेपालीहरुको ब्रिहत रुपमा सहभागिता रहेको थियो । यस कार्यक्रममा दर्शकहरू बिगतका कार्यक्रमहरुमा भन्दा बढी नै भएको भान हुन्थ्यो । यसैगरी यस कार्यक्रमलाई लोकप्रिय मनि एक्सेचेन्ज युएई एक्सेचेन्ज र मालियास्थित भुईंतलामा रहेको म्याजिक स्टुडियोले प्रतक्ष्य रुपमा सहयोग गरेका थिए ।

नेपाल पर्यटन वर्ष २०११ लाई विश्वव्यापी रुपमा प्रचार प्रसार गराउने सन्दर्भमा कुवेतमा प्रस्तुत गरिएको युएई एक्सचेंज लाईभ कन्सर्ट २०११ मा सुप्रख्यात गायिका निशा सुनारको साथमा निम्न कुवेतका स्थानिय नेपाली कलाकारहरुले निम्न प्रस्तुतीहरु दर्शक माझ पस्केका थिए ।

१) अनिल रसाईलीले – नमूना बनाई दियौ (एकल गीत)
२) सविता लामा – टिकुली है मेरो टलटल (एकल नृत्य)
३) निशा सुनार – आफ्नै बिभिन्न ख्यातीप्राप्त गायिका गितहरु गाएर दर्शकलाई झुम्दै नाच्न वाध्य पारिन ।
४) माधव वाग्ले/पुजा बिक (युगल नृत्य, अत्यान्तै आकर्षक)
५) निशा सुनार – बिभिन्न गीताहरु आफ्नै एल्बमबाट)
६) कृष्ण केसी – सेलो नृत्य
७) माधव शर्मा-सिलाइ दिउला भोटो
८) ज्ञानेन्द्र र सुनिता-हाई मेरी तिते  करेली (युगल नृत्य)
९) निशा सुनार – (बिभिन्न गीताहरु आफ्नै एल्बमबाट)
१०)माया थापा मगर- तिम्म्रो नजर भुलाउन म मुस्कुराएको होइन (नृत्य)
११) जंग गुरुङले -सुनैको शिरबन्दी (गीत)
१२) पुजा  -यति धेरैं मान्छेको हुलमा (नृत्य)
१३) अनिल रसाईली / माला राई-आधुनिकगित म फुल बनि दिनछु (युगल गीत)
१४) प्रिति लामा – मैं ठुलि भै छु रे  (नृत्य)
१५) निशा सुनार /माधव शर्मा- (दोहोरी )
१६) केशव ‌/  सविना राइ-आज हाम्रो भेट भाको दिन (युगल नृत्य)
१७) सुनिता वि.क.- सालको पात टपरि गासेर(नृत्य)
१८) काजोल वाग्ले-ए खोलि (नृत्य)

कार्यक्रमको अन्तमा निशाले अतिनै राम्रा गित गाएर दर्शकलाइ खुसी पारेकि थिईन । र अन्त्यमा आयोजक सौगात सुबेदीले कार्यक्रमका बारेमा बोलेका थिए र यो कार्यक्रमा सम्पन्न हुनुमा सम्पुर्ण कुवेतवासी नेपालीको योगदान रहेको भनि आभार व्यक्त गर्दै अगामि दिनहरूमा पनि यस्तै कार्यक्रम ल्याउने बाचा गर्नु भयो र यस कार्यक्रममा केहि त्रुटि भएको खन्डमा म लगायत मेरा साथि कृष्ण  मल्ल  क्षमा माग्न चाहन्छौं भन्नु भएको थियो । कार्यक्रमको संचालन  राजन रिमाल र  आनन्द आचार्यले गर्नु भएको थियो ।

Leave a comment