पर्वतका अपाङ्ग परिवारलाई सहयोग गरौं…


आदारणीय कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु;

पर्वत जिल्लाको रानीपानी गा.वि.स.मा एकै परिवारका ५ जना वालिकाहरु अपाङ्ग अर्थात हिंड्डुल, कुनै कामकाज या अन्य कृयाकलापहरु गर्न नसक्ने अवस्थामा रहेका हुँदा र घरको आर्थिक अवस्था समेत अत्यन्तै दयनिय रहेको हुँदा उनिहरुको पालन पोषण एवं रेखदेखको निम्ती गरीब बाबु-आमाले बिभिन्न व्यक्तीबिशेष या सँघ-संस्थाहरुसँग सहयोगी हातहरुको लागि हारगुहार गरिरहेको अवस्थामा, कुवेतस्थित कुनैपनि नेपाली सँघ-संस्थाहरु, समाजसेवीहरु या अन्य महानुभावहरु यदी तपाईंहरु जो कोही पनि पीडितहरुलाई केही आर्थिक सहयोग गरी पुण्य कमाउन चाहनुहुन्छ भनें निम्न व्यक्तिहरुसँग सम्पर्क गरि सहयोग गर्न सक्नुहुने जानकारी गराईन्छ । या, सहयोगी दाताहरुले सिधै पर्वतको टेलिफोन नं. ९८४१३७८९९९ मा र रानीपानी गा.वि.स.को टेलिफोन नं. ९८४१९६५५२५ मा सम्पर्क गरेर पनि आफ्नो सहयोग पीडित समक्ष पुर्‍याउन सक्नुहुनेछ ।

विभिन्न देशबाट पीडितहरुलाई सहयोगको क्रम जारी रहेको अवस्थामा कुवेतबाट पनि हामीले यो सामाजिक अभियान चालेका हौं ।

धन्यवाद ।

कुवेतका लागी सम्पर्क:
१) कुमार झापाली – ९९४५१३१४
२) टिकाराम आचार्य – ९९२६६३१४
३) टेन्डुप शेर्पा – ५५३४५१२६
४) ईन्द्र भूषाल – ६५७४८८६२
५) डम्बर रिमाल – ६६८०९६४२

Leave a comment