विश्व प्रतिस्पर्धी वरियतामा स्विट्जरल्यान्ड पहिलो


“अमेरिका, जर्मनी र फ्रान्स ओरालो लागे”

न्युयोर्क, २१ भदौ । विश्व आर्थिक मन्च (डब्लूईएफ)ले सार्वजनिक गरेको यो वर्षको विश्व प्रतिस्पर्धी वरियतामा पहिलो स्थान स्विट्जरल्यान्डले लिएको छ भने दोस्रो स्थानमा सिंगापुर र तेस्रो स्थानमा स्वीडेन परेको छ । Continue reading

२३ गोप्य कुरा अवश्य पठ्नुहोला


हा जु चाङको पछिल्लो पुस्तक ‘ट्वेन्टी थिङ्स दे डन्ट टेल यू अवाउट क्यापिट्यालिजम’ मा अर्थतन्त्रका अध्येताले स्विकारेका पुराना मान्यता र त्यसमा भएको संरचनालाई अझ गहिराइमा पुगेर आक्रमण गरिएको छ ।

सहरमा पुस्तक:
पछिल्लो समय विश्व अर्थतन्त्रको मन्दीको टीका-टिप्पणी गरिएका र मन्दी न्यूनीकरण गर्ने उपाय भएको दाबी गरिएका पुस्तकहरूको बाढी आएको छ । हाल विश्व अर्थतन्त्रमा ठूलो मन्दी आएको र यसले गर्दा कारोबारमा गिरावाट आएको खबर पत्रिकामा आइरहेका छन् । तर, अर्थतन्त्रको विषयलाई लिएर यसको सुधार गर्ने भन्दै नारा बनाइएका पुस्तक भने धेरैजसो अर्थशास्त्रीभन्दा पनि अन्य व्यक्तिले लेख्ने गरेको कुरा पुष्टि भएको छ । Continue reading

खजाना २५ करोडको..


दुई महिनाअघि हनुमान ढोकामा भेटिएका खजानाको मूल्य २५ करोड रुपैयाँ पर्ने पुरात्त्व विभागले आँकलन गरेको छ । ऐतिहासिक र सांस्कृतिक महत्त्वका आधारमा विभागले यस्तो मूल्यांकन गरेको हो । विभागका महानिर्देशक विष्णुराज कार्कीले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा तय गरिने मापदण्डको आधारमा यो मूल्य आँकलन गरिएको हो ।’ विसं १९९० सालको भुइँचालोमा पुरिएर रहेका फलामको सेफ र तामाको सन्दुकबाट गत असार १३ मा उक्त क्षेत्रमा ती खजाना फेला परेका थिए । Continue reading

पीसी बजारमा चीनले अमेरिकालाई उछिन्यो


न्युयोर्क, ६ भदौ । चालू वर्षको दोस्रो त्रैमासमा चीनले अमेरिकालाई पर्सनल कम्प्युटर (पीसी) बजारको आधारमा उछिनेको छ । दोस्रो त्रैमासमा चीनमा पीसी बिक्री आयतन ११.९ अर्ब अमेरिकी डलर पुगेको छ, जबकी सोही समयावधिमा अमेरिकामा ११.७ अर्ब डलर मूल्य बराबरको पीसी बिक्री भएको आईडीसीको सर्वेक्षण प्रतिवेदनले देखाएको छ । Continue reading

एकै महिनामा ४५ हजार युवा बिदेशिए


चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उच्च वृद्धि भएको छ । गत वर्षको सोही महिनाको तुलनामा ५२ दशमलव १५ प्रतिशतको वृद्धि भई साउनमा ४५ हजार १ सय ६५ जना बिदेशीए । यो संख्या गत आ.व.को साउनको भन्दा १५ हजार ४ सय ८० ले बढी हो ।

वैदेशिक रोजगार विभागका अनुसार एक महिनामा बिदेसिएको यो संख्या हालसम्मकै उच्च हो । Continue reading

विश्व बैंकले नेपाललाई कालो सूचीमा राख्यो


“अन्तर्राष्ट्रिय ऋण लिने क्षमता जोखिमपूर्ण”

काठमाडौं, ३ भदौ, विश्व बैंकले नेपालको अन्तर्राष्ट्रिय बजारबाट ऋण लिन सक्ने क्षमता सबैभन्दा कमजोर भएको भन्दै कालोसूचीमा राखेको छ । कुल राष्ट्रिय आम्दानी (जीएनआई), कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर, निर्यातको अनुपातमा ऋण, आयातका लागि सञ्चिति, वृद्धिदरको चलायमान, Continue reading

गुफाको कमाई एक करोड


मनोज अधिकारी/पोखरा, साउन १८ । छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाले गत वर्ष एक करोड रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०६७/६८ मा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक तथा भक्तजनले गुफा अवलोकन गरेका थिए ।

डेभिज फल्सको झरना गुफाभित्रबाट देखिने भएकाले यहाँ वर्षेनी ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउँछन् । यसबाहेक गुफाभित्र ४० मिटर गहिराइमा रहेको गुप्तेश्वर महादेव मन्दिरमा दर्शन गर्न नेपाल र भारतका हजारौं भक्तजन आउँछन् । Continue reading

विदेशबाट टिभी लैजाँदा कति कर तिर्नुपर्ने ?


– सालोक्य, सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटमा विदेशमा बस्ने नेपालीले देशमा ल्याउने टेलिभिजनमा कर कम गरिएको बताएको छ । अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट भाषण गर्दा भने- “वैदेशिक रोजगारबाट फर्केका नेपाली यात्रुहरुले विदेशबाट आउँदा ल्याउने एल.सी.डी., प्लाज्मा वा एल.ई.डी. टेलिभिजनमा समदरमा लाग्ने हालको महसुल दर घटाएको छु ।” Continue reading

कुन क्षेत्रमा कति बजेट ?


३ खर्ब ८४ अर्ब ९० करोडको बजेट सार्वजनिक…

३१ असार, काठमाडौं । सरकारले शान्ति र संविधान निर्माणलाई प्रमुख प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि ३ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान गरिएको बजेट सार्वजनिक गर्नु भएको हो । Continue reading

३ खर्ब ८४ अर्ब ९० करोडको बजेट सार्वजनिक


काठमाडौं, अषाढ ३१ । आर्थिक वृद्धिदर ५ प्रतिशत हासिल गर्ने लक्ष्यका साथ सरकारले शुक्रबार आर्थिक वर्ष २०६८/६९ को बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०६८/६९ मा चालूतर्फ २ खर्ब ६६ अर्ब ६१ करोडसहित कुल ३ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँको आय-व्यय विवरण उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले सार्वजनिक गरेका हुन् । Continue reading

ब्रिफकेश बोकेर संसद छिरेका अर्थमन्त्री निराश भएर फर्किए


एकदिन बजेट रोकिंदा झण्डै एक अर्ब घाटा:
३० असार, काठमाडौं । हँसिलो अनुहार बनाउँदै हातको ब्रिफकेश पत्रकारलाई देखाउँदै व्यवस्थापिका संसद छिरेका अर्थमन्त्री भरतमोहन अधिकारी अन्ततः बजेट भाषण नगरी मलिन अनुहार बनाएर फर्किनुपर्‍यो । संयुक्त लोकतान्धिक मधेसी मोर्चासँग सहमति जुटाउन नसकेपछि अर्थमन्त्रीले संसदमा बजेट भाषण गर्न पाउनुभएन । Continue reading

७८ प्रतिशत कृषक गरिबीको रेखामुनि


“कृषिप्रधान देश नेपालका ७८ प्रतिशत कृषक गरिबिको रेखामुनि रहेका छन्”

– भोजराज पौडेल, काठमाण्डौ
उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले बिहीबार व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा ७८ प्रतिशत गरिबहरूले निर्वाहमुखी कृषि क्षेत्रलाई रोजगारीको मुख्य माध्यम अपनाएको देखाएको छ । त्यसमध्ये ६७ प्रतिशत कृषि रोजगार तथा ११ प्रतिशत कृषि श्रमिक रहेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणका अनुसार कृषकको ठूलो हिस्सा गरिबीको रेखामुनि रहनुका साथै कुल जनसंख्याको ६६ प्रतिशत कृषिमा आधारित छन् । Continue reading

नेपाली बजारमा नानोको विक्रि खुला


असार, काठमाडौं । संसारकै सबैभन्दा सस्तो भानि प्रचारु गरिएको नानो कारको बिक्री नेपाली बजारमा आइतबारबाट सुरु गरिएको छ । भारतको टाटा कम्पनीले उत्पादन गरेको उक्त कारको नेपाली बजारमा प्रारम्भिक मूल्य रु ७ लाख ९८ हजार रुपैयाँ रहेको छ । Continue reading

मैले बिराएका बाटाहरुबाट देशको अर्थतन्त्रमा पर्ने असर


चन्द्र तामाङ्ग, कुवेत

आज आफुले बिराएका अनगिन्ती बाटाहरु आफ्नो भाषामा भन्नुपर्दा: मुलुकले मलाई धरै शिप, ज्ञान, शिक्षा, चेतना र विवेक दियो । तर, मैले नेपाली माटोलाई के दिएं ? कहिले काँही पश्चातापको भूमरीमा जली रहन्छु म, किनकी मुलुकले चाहेको धरै कुराहरु, जस्तो: उर्जाशिल वस्तु र ज्ञानहरु मैले दिन सकेको छैन आफ्नो मुलुकलाई । मुलुक प्रति मेरो हेर्ने नजर र सोंच्ने अन्दाज धरै छन । अर्थतन्त्रको सामन्यता ज्ञान भएको म साधारण नेपाली नागरिक, मेरो अन्दाज हाम्रो देश नेपाल सबै खाले उर्जाशक्तीमा सम्पन्न छ फेरिपनी हामी किन गरिव छौं ? Continue reading

वर्षकै महँगो विवाह


एकराज सुवेदी, गत अप्रिल २९ तारिख शुक्रबार । बेलायतको राजदरबार बकिंघम प्यालेसमा लामो समयपछि एउटा भव्य समारोह सम्पन्न भयो । राजकुमार विलियम तथा उनकी प्रेमिका केट मिडल्टन औपचारिक रूपमा विवाह-बन्धनमा बाँधिए । अब विलियम अधिराजकुमार ड्युक अफ क्याम्बि्रज बनेका छन् भने मिडल्टन अधिराजकुमारी डचेज अफ क्याम्बि्रज भएकी छिन् । Continue reading