तिमी धेरै राम्री छौ…


धर्मराज गिरी, कुवेत

प्रिया तिमी कती धेरै राम्री छौ
हाँस्दा झन राम्री देखिन्छौ
खुशी हुँदा अझ राम्री देखिन्छौ
रिसमा पनि तिमी हाँसी रहन्छौ
रुँदा पनि तिमी हाँसेकी देखिन्छौ
दु:खमा पनि तिमी सुखी देखिन्छौ…

मन परेको मान्छे देख्दा अझ खुशी हुन्छौ
दु:ख सुख बेलिबिस्तार उसैसँग बाँड्छौ
जनम्-जनम् तिमीलाई नै पाईरहुँ भन्छौ
लाली ओंठका मुस्कानले सधैं मलाई तड्पाउँछौ
मेरा सबै गल्तीमा पनि मुसुक्क हाँसीदिन्छौ
हृदयस्पर्शी मुस्कानले मेरो दुनियाँ भुलाईदिन्छौ…
हे प्रिया तिमी कती राम्री छौ ?
तिमी कती धेरै राम्री छौ ??

By क्षितिजपारि एडमिन Posted in कविता

Leave a comment