नेपालीले खान्नौं हार !


ईन्द्र भूषाल, कुवेत


देश टुक्र्याउने ब्वाँसाहरु ठुलो स्वरले बोल्न थाले
राष्ट्रबादी भन्नेहरु उनैसँग गला मिलाए
प्रजातान्त्रिक भन्नेहरु तानाशाही हुन थाले
शान्ती आउँछ भन्ने बेला अझै ठुलो भाँजो हाले Continue reading

अतित… !!


– गौरी मल्ल,


बर्षौपछि आज एकपटक फेरि
अतितलाई पुनर्जागरण गर्दैछु
लाग्छ कसैले उपन्यासको अन्तिम पृष्‍ठबाट
मुख्य पृष्‍ठसम्म पल्टाउँदैछ फरर र र र
अनि म आफ्नै कहानि उल्टोबाट पढ्दैछु Continue reading

By क्षितिजपारि एडमिन Posted in कविता

लोग्ने, स्वास्नी र दाम्पत्य जीवन


लोग्ने
पौरुषको मदमा मात्तिएको
पति हुँ भन्ने घमण्डमा पात्तिएको
मायाको डोरीले बांधिएको
पशु हो लोग्ने,
बिहेको दिन बेहुला भई घोडामा चढ्छ
अनि जीवनभरिको लागि गधा बन्दछ । Continue reading

पिउनेलाई पिउन देउ !!


ईन्द्र भूषाल, कुवेत


सम्झनाले सताउँदा मैले पिउने गरें भनें
बिग्रिएछ नभन है दोबाटोमा परें भनें
पिउनु मेरो रहर होईन खुशी खोज्ने बाटो
बिराएँ की मैले पाटो खोज्दै हिंड्दा नयाँ बाटो Continue reading

पेन्सनको सोंच पालेकै हुँ !!


किरण पौड्याल, कुवेत


लो.से.आ. जस्तै कडा, परीक्षा मैले पनि दिएकै हुँ
विकासको सुइँको नदिए पनि, सपना मैले बेचेकै हुँ
सोझा, साधा, लाटा जनता, ढुङ्ग्रोमा झ्वाम्मै हालेकै हुँ
चुनावी जात्रा नजिते पनि, नियुक्ति बलियो पाएकै हुँ ! Continue reading

शहिद म !!


किरण पौड्याल, कुवेत


छाती तिम्रा टेक्ने पाईला, हिंडे काटी म
बनि सैनिक राष्ट्र सिङ्गै, हिंडे लडी म
भूमि युद्ध, मैदान क्रान्ति, हिंडे दौडी म
आँखा काला, नियत खराब, हिंडे फोडी म ! Continue reading

भुली सकें..!!


दिल सुब्बा (आँशु कवी)

हाँस्न त भुली सकें
रुँदारुँदै थाकी सकें
बाँच्न त साहश बोकें
अतित सम्झी तड्पीरहें
तर पनि जिउन भनी
आधा श्वास फेरी रहें.. आधा श्वास फेरी रहें ! Continue reading

आमाको यादमा..


ईन्द्र भूषाल, कुवेत


जन्मदिने मेरी आमा चिन्नै नपाई छाडि गयौ
तातेताते सिकाउने बेला आफै लामो यात्रा रोज्यौ
निष्ठुरी कालले रोजेपछी रुँदैरुँदै छाड्यौ होला
स्कुल हिंड्ने बेला हुँदा रित्तै थियो मेरो झोला Continue reading

बिषको प्याला उठाएँ


ज्ञानेन्द्र गुरुङ्, साउदी अरब

पिडा भित्रको दर्द निखार्न
बिषको प्याला सुस्तरी उठाएँ
थोरै थोरै गरि धेरै पिएँ
जहर मार्ने बिषको ताकत भेटिएन
म दुनियाँको चर्तिकलाबाट प्रताडित भई
आफुले साँचेको उपकार उनैलाई Continue reading

‘कठै बिचरी’ गईन् उनी..


भीमराज पाराङ, कुवेत   

त्यो कालो रात जहाँ आफ्नो इज्जत लुटिएको
बिधताले नलेख्दा नलेख्दै पनि कर्म फुटिएको
मन भित्र उब्जिएका ज्वारभाटाहरु..
भित्रभित्रै पिल्सिएका थुप्रै वेदनांहरु..
ओकेल्न खोज्दै थिईन् उनी
बताउन खोज्दै थिईन् उनी
खुसुक्क, कसैलाई औल्याएर !! Continue reading

आउँदैछु म…


भीमराज पाराङ, कुवेत

रातदिन तिमीलाई सताउन आउँदैछु म
अंगअंग सल्बलाई तताउन आउँदैछु म
मेरै निम्ती संगालेर राखेको त्यो बैंशमा
चुमेर कहाँ-कहाँ कुत्कुताउन आउँदैछु म Continue reading

जीवन मेरो घाँडो भो !!


सुष्मा “उदासी” मंगाफ, कुवैत  


जीउनु भन्दा मर्नु बेश जीवन मेरो घाँडो भो
थोत्रिएर मिल्किएको काम नलाग्ने भाँडो भो
सोह्र बर्षे जवानीमा यहि ज्यान प्यारो थ्यो
आज आई बुढी भैछु त्यसैले गलगाँडो भो Continue reading

गजबको छ साथी !!


सुष्मा शर्मा, मंगाफ, कुवेत


तिम्रो मायाजाल पनि गजबको छ साथी
समयको चाल पनि गजबको छ साथी
जिन्दगीको खाल पनि गजबको छ साथी
उता उनी बग्दै होलान नयन धारासँगै
यता आफ्नो हाल पनि गजबको छ साथी Continue reading

भावना !!


भीमराज पाराङ्, कुवेत

सपनाहरु…

टाउकैभरी बोझिलो गह्रुङ्गो साहुको रिन
रिनको ब्याज अनी ब्याज माथि स्याज
रातदिन दिमाख खाने साहुको कचकच
ठुलो बेरोजगारी र गिरेको देशको स्थिती
आकाश छुने महंगी र आफ्नो परिस्थिती
घरको चुल्हो बाल्न चुहिएको छानो टाल्न
केही कमाएर साहुको मुखमा बुझो हाल्न Continue reading