गजबको छ साथी !!


सुष्मा शर्मा, मंगाफ, कुवेत


तिम्रो मायाजाल पनि गजबको छ साथी
समयको चाल पनि गजबको छ साथी
जिन्दगीको खाल पनि गजबको छ साथी
उता उनी बग्दै होलान नयन धारासँगै
यता आफ्नो हाल पनि गजबको छ साथी

अमनको ध्रुपदलाई साथ दिँदै बज्ने
बन्दुकको ताल पनि गजबको छ साथी
एउटै कोखबाट सँगसँगै जन्मिएको
यो जुम्ल्याहा काल पनि गजबको छ साथी
न त सधैँ बाँधी राख्छ न उम्किनै दिन्छ
तिम्रो मायाजाल पनि गजबको छ साथी !!

Leave a comment