लोग्ने, स्वास्नी र दाम्पत्य जीवन


लोग्ने
पौरुषको मदमा मात्तिएको
पति हुँ भन्ने घमण्डमा पात्तिएको
मायाको डोरीले बांधिएको
पशु हो लोग्ने,
बिहेको दिन बेहुला भई घोडामा चढ्छ
अनि जीवनभरिको लागि गधा बन्दछ ।

स्वास्नी
बगैंचामा रोपेर
गमलामा सजाइएको
क्याक्टसकी फूल हो स्वास्नी
हेर्दा छातीमा टाँसेर राखूँ जस्तो लाग्छ
छोयो की काँढामात्र बिझ्छ ।

दाम्पत्य जीवन
अलिकति उज्यालो
अलिकति अँध्यारो
जुनकिरीको धिप्प धिप्प हो दाम्पत्य सुख,
रातमा फक्रन्छ
दिउँसो ओइलाएर झर्छ ।

– राशि पाण्डे

Leave a comment