भलिवल प्रतियोगिताका सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद !!


नेपाली राजदूतावास कुवेत लगायत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाहरु, बुद्दिजिबी महानुभावहरु, पत्रकारहरु, खेलाडी साथीहरु तथा सम्पूर्ण खेलप्रेमी नेपाली दाजुभाई-दिदीबहिनीहरु;

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको “वार्षिक अन्तर-नेपाली भलिवल प्रतियोगिता-२०११” मा प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग पुर्‍याई प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न पार्न जुन किसिमको सहयोग तपाईंहरुले गर्नुभयो, त्यसको माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब परिवार (आयोजक) उच्च प्रशंसा गर्दै मुरीमुरी धन्यवाद दिन चाहन्छ । Continue reading

कुवेतमा मृत्‍यु भएका ६ जना नेपालीहरुको लाश वेवारिसे अवस्थामा


जय आले, कुवेत

कुवेतमा मृत्‍यु भई लाश कुवेतको फेरेन्सिक मेडिसनमा वेवारिसे अवस्थामा रहेका ६ जना नेपाली कामदारहरुको नेपालको वास्तविक पहिचान खुल्न नसकेकोले लाश नेपाल पठाउनमा निकै कठिनाई परेको नेपाली राजदूतावास कुवेतले २१ जुलाई २०११ मा जारी गरेको प्रेस बिज्ञप्तिमा जनाएको छ । दूतावासले यस समाचारलाई बिभिन्न अनलाईन मिडिया, छापा पत्रीका तथा टेलिभिजनहरुमा प्रकाशित गराई मृतकहरुको नेपालको पहिचान हुन सकेको खण्डमा तुरुन्त दूतावासमा खबर गरी लाशलाई नेपाल पठाउनमा सहयोग गरिदिनुहुन अनुरोध गर्दै मृतकहरुको राहदानीको प्रतिलिपी समेत उपलब्ध गराएको छ ।  Continue reading

नेपाली राजदूतावास कुवेतको “प्रेस विज्ञप्ती”


४ महिले एम्नेष्टिको अवसरमा पनि १२६६ जना गैह्र कानूनी नेपाली कामदारहरुले कुवेत नछोडेको कुवेत सरकारको आधिकारीक विवरणले जनाएको छ । यसै सम्बन्धमा नेपाली राजदूतावास कुवेतले प्रेस विज्ञप्ती जारी गरेको छ ।

दूतावासको बिज्ञप्ती अङ्ग्रेजी/नेपालीमा हेर्न तलको लिंकमा क्लिक गर्नुहोला…

Press Release_July-19-2011_Nepalese Embassy Kuwait

“Press Release” Nepalese Embassy Kuwait


60 run-away housemaids from the shelter of the Embassy were sent back tonight to Nepal from Kuwait  by Fly Dubai Airlines, as the largest group on the last day  of the Amnesty. Officials of the Embassy had seen them off at the Kuwait International Airport. Similarly, over 40 such run-away maids who had been in the shelter for a  long time were also sent back to Nepal during the past two weeks. Continue reading

नेपाली जन-सम्पर्क समिति कुवेतको हार्दिक अपिल


महामानव विशेश्वर प्रसाद कोइरालाले सन् १९६७ मा भारतवाट शुरु गर्नुभएको नेपाली जन-सम्पर्क समिति गठनको अभियान अहिले नेपाली पुगेका विश्वका कुना-कुना सम्म विस्तारित भएको छ ।

यसै क्रममा कुवेतमा पनि हामी नेपाली कांग्रेसको शुभेच्छुकहरुलाई समेटेर जन सम्पर्क समितिको छाता मुनि आवद्घ गराउने प्रयास संगै नेपाली काँग्रेसका आदरणीय सभापति श्रद्वेय सुशिल कोईराला र पार्टिले सुम्पेको जिम्मेवारी अनुरुप छरिएर रहेका, Continue reading

NRNA कुनै राजनीतिक पार्टीसँग आवद्द भएको संस्था होइन: राजेन्द्र तामाङ्ग


जय आले, कुवेत

“नेपालको लागि नेपाली र नेपालीका लागी नेपाली” भन्ने मूल नाराकासाथ विश्वका बिभिन्न राष्ट्रहरुमा स्थापना भैसकेको नेपालीहरुको सबैभन्दा बिशाल संस्था गैर-आवासिय नेपाली सँघ (NRNA) कुवेतमा पनि स्थापना भई आफ्नो दुई बर्षिय कार्यावधी पुरा गरी, पुन. २ वर्षिय कार्यकालको लागि नयाँ कार्यसमिति यही आगामी २१ मे २०११ शनिवारको दिन, NRNA-ICC का पदाधिकारीहरुको रोहवरमा एक निर्वाचन पद्दतीद्वारा गठन हुन गई रहेको सर्वविदितै छ । Continue reading

१८ नं. भिषाको लागि प्रमाणीकरण गर्नु पर्ने जरुरी कागजात सम्बन्धी नेपाली राजदूतावास कुवेतको “प्रेस बिज्ञप्ती”


Continue reading

नेपालकुवेत म्यानपावर एसोसियसनको जरुरी “प्रेस बिज्ञप्ती”


Ref: २०६८/१५/००१८                                                                      Date: २०११/०४/२८

प्रेश विज्ञप्ती

नेपालकुवेत म्यानपावर एसोसियसनको २०११/४/२८ तरिखको वैठक निर्णयले एसोसियसनका सल्लाहकार सदश्य म्यानपावर ब्यवसायी रामचन्द्र सुवेदीका सन्दर्भमा नेपालकुवेत डट कममा संप्रेषित समाचारहरुमा प्रयोग गरिएका “कुख्यात दलाल, मानव तस्कर, मानव तस्करीको नाईके” जस्ता शब्दहरु र कुनै पनि घटनामा भएको सत्य वस्तुनिष्ट एवं सन्तुलित सुचना तथा विवरणलाई वाहिर ल्याउनुको साटो तथ्यलाई तोड मरोड गरेर भएको समाचार सम्प्रेषण प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । Continue reading

कार्यक्रम जुनसुकै संस्थाले आयोजना गरे पनि हामी सबै प्रवासी नेपाली हौ


कालीगण्डकी परिवार, कुवेत

आदरणीय सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, साथै देश-बिदेशमा रहनु भएका कुवेतनेपाल डटकमका सम्पूर्ण पाठकबृन्दहरु ! गत अप्रिल २२ गते शुक्रबारको दिन कुवेतमा कृयाशिल संस्था कालीगण्डकी समुहले अन्तर नेपाली भलिबल प्रतियोगिता राखेको कुरा त सबैलाई अवगत नै छ । Continue reading

खेलाडी पनि राष्ट्रका “गहना र गरिमा” हुन


SDFC परिवार, कुवेत

खाडी मुलुक मध्ये कुवैतमा अन्य देशको तुलनामा नेपालीहरुको चाप केही कम देखिएता पनि अहिले भने बिस्तारै–बिस्तारै नेपालीहरुको चाप बढ्दै गईरहेको छ । नेपालीहरुको चाप सँगै यहाँ बिभिन्न नेपाली संघ–संस्थाहरुको पनि स्थापना भई रहेका छन् । यि संस्थाहरुले कुवैत प्रवासीहरुलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा भए पनि सेवा पुर्‍याउँदै आई रहनु भएको छ । यो हामी प्रवासी नेपालीहरुको लागी अति नै खुसीको कुरा पनि हो । Continue reading

नेपाल तामाङ घेदुङ कुवेतको प्रेस विज्ञप्ति


नेपाल कुबेत डटकम तथा मरुभूमि कोशेलीका प्रबन्धनिर्देशक एबम सम्पादक, नेपाल पत्रकार महासंघ कुबेतका अध्यक्ष तथा एन आर एन ए कुबेतका सचिब सुजन केसी माथी बिहिबार कुबेत ‎सिटीको मालिया स्थित होटल एषिया एषियामा मेनपावर ब्यबसायी रामचन्द्र सुवेदीद्धारा सांघातिक आक्रमण खेद जनक एवं निन्दनिय भएको तामाङ घेदुङ कुबेतले महसुस गरेकोछ । Continue reading

नेपालकुवेत म्यानपावर एसोसियसनको “प्रेस विज्ञप्ती”


२१ अप्रील २०११ रात्री १० वजेको हाराहारीमा भएको मालीयाको एशिया-एशिया रेष्टुरेन्टमा अप्रत्याशित घटना प्रति नेपालकुवेत म्यानपावर एशोसियसनको ध्यानाकर्षण भएको छ । पारिवारिक भोजमा यस्ता कृयाकलापले नेपाली समाजको छवीलाई धमिल्याएको र कुवेतमा प्रवासी नेपालीहरुको आपसी सदभावको कमीको ठहर नेपालकुवेत म्यानपावर एसोसियसनले गरेको छ । Continue reading

पत्रकार महासंघ युएई शाखाको “प्रेष विज्ञप्ति”


मिति  २३ अप्रिल २०११

गत २१ अप्रिल २०११ विहिबार बेलुका नेपाल पत्रकार महासंघ कुबेत शाखाका अध्यक्ष सुजन के.सी. माथि भएको सांघातिक हमला प्रति यस नेपाल पत्रकार महासंघको यूएई शाखा ध्यान आकर्षण भएको छ र उक्त घटनाको घोर भस्रना गर्दै सम्बन्धित निकायलाई दोसी माथी कार्यवाहीको माग गर्दछ । Continue reading

नेपाली मुस्लिम समाज कुवेतको “प्रेस विज्ञप्ति”


नेपाल कुबेत डट कम तथा मरुभूमि कोशेलीका प्रबन्धनिर्देशक एबम सम्पादक, नेपाल पत्रकार महासंघ कुबेतका अध्यक्ष तथा एन आर एन ए कुबेतका सचिब सुजन केसी माथी बिहिबार  कुबेत ‎सिटीको मालिया स्थित होटल एषिया एषियामा मेनपावर ब्यबसायी रामचन्द्र सुवेदीद्धारा आफ्नो बिसयमा समाचार लेखि बास्तबिकता सार्बजनिक गरेको भन्दै गरेको सांघातिक आक्रमण खेद जनक एवं निन्दनिय भएको मुस्लिम समाज कुबेतले महसुस गरेकोछ । Continue reading

मरुभूमिको कोसेली मार्केटिंग टीम कुवैतको “प्रेश विज्ञप्ती”


श्रीमान महामहिम राजदुत ज्यु
नेपाली दुताबास कुवैत

बिगत केही हप्ता देखि विवादको घेरामा आएका मेन पावर व्याबसायी राम चन्द्र सुवेदीले एक पछि अर्को गर्दै हिजो अप्रैल २१ तारीखका दिन नेपालकुवेत डट कम तथा मरुभूमिको कोसेलीका प्रवन्ध निर्देशक, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एवं एनआरएनए कुवेतका सचिब सुजन के.सी. माथि नियोजित हातपात गरेको घटनाप्रति कोसेली मार्केटिंग टीम कुवेतको ध्यानाकर्षण भएको छ । Continue reading